हिन्दू धर्मलगायत मुलुकका मौलिक धर्ममाथि निरन्तर आक्रमण भइरहेको अवस्थामा सनातन हिन्दू धर्मको सङ्गठित संरक्षण आवश्यक रहेको औंल्याइएको छ । 

विश्व हिन्दू महासङ्घको धरान–१५ नम्बर वडा कमिटी गठनका सन्दर्भमा धरानस्थित शिद्धिदातृ भगवती मन्दिरमा आयोजित कार्यक्रममा वक्ताहरूले हिन्दू धर्म संरक्षणमा टोलटोलबाट सङ्गठित हुनुपर्ने आवश्यक्ता औंल्याइएको हो । 

सो सन्दर्भमा केशव घिमिरेको अध्यक्षतामा २१ सदस्यीय विश्व हिन्दू महासङ्घ धरान १५ नम्बर वडा कमिटी गठन भएको छ । 

समितिका उपाध्यक्ष, सचिव, उपसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः रमेश घिमिरे, सन्तोष खतिवडा, चुडामणि अधिकारी, मनकुमारी श्रेष्ठ (कला) र वीना अधिकारी चयन भएका छन् । 

सदस्यहरुमा दीपेन्द्र कार्की, कृष्णबहादुर भट्टराई, डिल्ली खत्री, सुष्मा श्रेष्ठ, सुमन लम्साल, मीना ताम्राकार, खेमप्रसाद भण्डारी, देवीप्रसाद पोख्रेल, फणिन्द्र कार्की, निर्मला पाँचकोटी, शान्ति राई, रिना बस्नेत (कार्की), लीला काफ्ले, रश्मी घिमिरे र बुद्धिविकास ओझालाई चयन गरिएको छ । 

विश्व हिन्दू महासंघ सुनसरीका अध्यक्ष आनन्दप्रसाद आचार्यको प्रमुख आतिथ्यमा वडा समिति गठन भएको हो । सो अवसरमा जिल्ला उपाध्यक्ष डा. चन्द्रमणि नेपाललगायतको उपस्थिति रहेको थियो । हालसम्म धरानमा १६, ११, १७, १८, ७ लगायतका वडामा महासङ्घका वडा कमिटी गठन भएका छन् । टोल समिति गठनपश्चात् धरान नगर समिति गठन गरिने कार्यक्रम सञ्चालक पण्डित केशवप्रसाद अधिकारीले जानकारी दिए ।