धरानका चर्चित गायक विजय वाम्वु राईको पहिलो पटक धरानमा एकल सांङ्गितिक साझ हुने भएको छ।


फागुन २ गते फेव्रूअरी १४ प्रेमिल ज्योडिहरुको विशेष दिन भ्यालेन्टाइन डेको अवसरमा विजय वाम्वुले एकल साझ हुन  भएको छ। धरान १५ बगरकोटमा रहेको विजिएन लाउन्ज एण्ड बारमा  साझ ६ वजे देखि उनको लाइभ प्रस्तुति कार्यक्रम सुरु हुनेछ।  

धरानमा निकै चर्चित रहेका धरान ११ निवासि लोक आधुनिक गायक वम्वुलेले ४० वटा गितमा आफ्नै  स्वर दिइ सकेका छन। उनले करिव एक सय वटा गित कम्पोज गरिसकेका छन भने दर्जन भन्दा वढि म्युजिक भिडियो तयार गरि सकेका छन। उनले अफ्र्रैले स्वर दिएका किराति हामि र वगरकेटैमा गित निकै चर्चित छन।

उनकै संगितमा मेलिना राईले गाएका तिम्रै लाग्छ माया, मिलन नेवारले गाएका यो मनको प्यारो मान्छे र इन्डियन आइडलमा अहिले चर्चित भइरहेकी गायीका मेनुका पौडेलले स्वर रहेको हाम्रो हुन्न कहिले मिलन गितहरु चर्चित रहेका छन्। उनले स्वर दिएका किराति हामि गितको म्युजिक भिडियो युट्युव च्यानलमा समेत एक लाख भन्दा माथिले हेरिसकेको छन्।

प्रेमिल जोडिहरुको विशेष दिनको रुपमा मानिने भ्यालेन्टाइन डेको अवसरमा आयोजित एकल साझमा वाम्वुलेले आफुले गाएका तथा संगित भरेका गित संगै एक दर्जन बढी युगल कभर संङ्गहरु गाएर दर्शकलाई मनोरंजन दिने छन। युगल गितमा उनलाई गायिका ज्योति सुनुवारले साथ दिनेभएकी छन्।