मोरङको पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तगरगत बुद्धिचालतर्फ निलम बस्नेत ८ अंक  ल्याएर प्रथम भएका छन् । त्यस्तै प्रतियोगितामा प्रोग्रेसिभको आधारमा समान ८ अंक ल्याएका तीर्थराज सुब्बा दोस्रो भए ।

त्यसैगरी लोकसागर साँवा, अमिर राई, तेजपाल सुब्बा, अनिष तामाङ र एभरेस्ट स्कुलबाट सहभागी रोशन ढुङ्गानाले समान ७ अंक ल्याएर नगरस्तरीय प्रतियोगितामा  क्रमशः तेस्रोदेखि सातौं स्थान प्राप्त गरे । 

विद्यालयस्तरीय प्रतियोगितामा ६ अंक ल्याएका सिंहबाहीनी माबिका अग्रिम खड्का प्रथम भए ।
त्यस्तै मोरङ मेरिगोल्डका सिर्जन श्रेष्ठ, कीर्तिपुर एकेडेमीका रोयल राईक्रमशः दोस्रो र तेस्रो भए ।

भेट्रानतर्फ थानेस्वर भट्टराई ५ अंकसहित पुरस्कृत बने । महिलातर्फ  र ४ अंक ल्याएकी रेबिका लिम्बू पुरस्कृत बनिन् ।

फाइनल ९ औं राउण्डको खेलमा निलम बस्नेत भर्सेज देवेन्द्र वनेम लिम्बू, तीर्थराज सुब्बा भर्सेज अमिर राई, लोकसागर साँवा भर्सेज पुकार राईबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा तेस्रो भएका लोकसागर साँवा र चौंथो भएका अमिर राई पूर्व मोरङ जिल्ला च्याम्पियन हुन् ।

स्पर्धामा १ सय २ जना प्रतियोगी सहभागी भएका थिए । सातै विधाका विजेता खेलाडीलाई माघ १५ गते खेलकुद महोत्सव समापनको दिन नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सदस्य सचिव नवीन खुलालले बताए ।

नगरमा पहिलो पटक आयोजित पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० मा फुटबल पुरुष, महिला, भलिबल, क्रिकेट, बुद्धिचाल, म्याराथुन, कराते, तेक्वान्दोसहित सात विधामा स्पर्धामा भइरहेको छ ।