श्री शालवाहनीय शाके १९४४ ने. सं. ११४४ वि.सं. २०८० साल माघ १४ गते आइतबार, २८ जनवरी २०२४, पिङ्गलनाम संवत्सर। माघ कृष्ण पक्षको तृतीया तिथि भोलि ०६ः२४ बजेसम्म, उप्रान्त चतुर्र्थी, नक्षत्र मघा १६ः०३ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त ०५ः४० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काम सन्तोषजनक नभए पनि फाइदै हुनेछ। प्रयत्न गर्दा प्रतिष्ठित व्यक्तिहरूको साथ–सहयोग पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ।कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँटेको काम गर्न बिहानै जुट्नुहोला। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आशा गरेको काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। मिहिनेत गर्दा पछिलाई फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हतारमा निर्णय नलिनुहोला।बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। प्रयत्न गरे रोकिएका काम सम्पादन हुनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले काममा साथ दिनेछन्। दिउँसोदेखि आत्मविश्वासको कमीले पछि परिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नोक्सानीका साथै विवादमा फसिने डरले सताउनेछ। आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। तर, हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ।