हङकङ तामाङ घेदुङको आयोजनामा मञ्जुश्री संवत २८६० सोनाम ल्होछार विभिन्न कार्यक्रम सहित भव्य रुपमा मनाइने भएको छ ।

तामाङ घेदुङ आङी समूह हङकङको सह–आयोजनामा ११ फेब्रुअरी २०२४ का दिन ताई तोङ कन्ट्रि पार्कमा हुने सोनाम ल्होछार डुक÷पुख्री ल्होको तान्बा गान्बा कुलमान मोक्तानबाट तामाङ भाषा र संस्कार अनुसार पुजापाठ गरी उद्घाटन गरिने छ ।  त्यस्ते सम्बोधी ज्ञान प्रभा धर्म सेन्टरका धर्मगुरु खेन्पो कर्मा ग्लाल्पो तथा अन्य धर्मगुरुहरुद्वारा ग्रह शान्ति पूजा पाठ  गरिने छ ।

hk 4

आयोजकले शनिबार हङकङमा पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार औपचारिक कार्यक्रम पछि जातीय भेषभुषामा सेलो नृत्य, लक्की ड्र, बिबिक्यू, उत्कृष्ट तामाङ पहिरन चयन तथा नाचगानको कार्यक्रम रहने छ ।

विगतका वर्षहरुमा कोभिडका कारण खुलेर आफनो संस्कृति अनुसार चाडपर्व मनाउन नपाएकाले यसपटक खुल्ला रुपमा भव्य कार्यक्रम आयोजना  गर्न लागिएको आयोजक समितिका अध्यक्ष अनिता पाख्रिन तामाङले जानकारी दिइन् । पत्रकार सम्मेलनमा सह आयोजक तामाङ घेदुङ आङी समूहकी अध्यक्ष कमला तामाङ, एनआरएनए हङकङकी उपाध्यक्ष अनु तामाङ (राई) लगायतले सोनाम ल्होछारको बारेमा जानकारी गराएका थिए ।