गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ। संयुक्त राष्ट्रसंघले गत अक्टोबर७ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा २५ हजार भन्दा बढीको मृत्यु भएको बताएको छ।

गाजाको स्वास्थ्य अधिकारीहरूबाट प्राप्त जानकारी र मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसिएच्ए) ले इजरायली आक्रमणका कारण ६२ हजार छ सय ८१ प्यालेस्टिनीहरू घाइते भएको जनाएको छ। यी आक्रमणहरू इजरायलमा हमास नेतृत्वको आक्रमणको प्रतिक्रियामा थिए। जसको परिणामस्वरूप लगभग  १ हजार २सय जनाको मृत्यु भएको छ भने करिव २ सय  ५० जना बन्धक बनाइएका  छन्।शुक्रबार गाजामा दुई जना इजरायली सैनिक मारिएको  ओसिएएचएले जनाएको छ।यहाँ ग्राउन्ड अपरेसन शुरु भएदेखि कुल १ सय ९३  ल्यायो, र एक हजार दुई सय तीन सैनिकहरू घाइते भएको  इजरायली सेनाले जनाएको छ।

यो अवधिमा  ३ सय ४३ प्यालेस्टिनीको मृत्यु भएको तथा ५ सय ७३ जना घाइते भएको संयुक्त राष्ट्रसंघीय सहायता समन्वय कार्यालयले जनाएको छ।आइतबार युगान्डाको राजधानी कम्पालामा ७७ देशहरूको समूह र चीनको शिखर सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वलाई एक टिन्डरबक्सका रूपमा वर्णन गर्नु भएको छ।यस क्षेत्रभरि द्वन्द्व रोक्न आवाश्यक सबै पहलकदमी लिन अपिल गरेका छन्। 

इजरायली र प्यालेस्टिनीहरूका लागि दुई–राज्य समाधानका लागि आफ्नो समर्थन दोहोर्याउँदै महासचिव गुटेरेसले इजरायलको सैन्य कारबाहीले व्यापक विनाश निम्त्याएको बताएका  छन्। तीन महिनाभन्दा बढी लामो समयदेखि जारी तीव्र बमबारीपछि गाजाका क्षेत्रमा मनावीय आवश्यकता प्रकाश पार्दै ओसिएइचएले गाजामा अहिले १५ वटामात्र बेकरीहरू सञ्चालनमा रहेको बताएको छ। तर राफाहमा छ वटा र देइर अल बालाहमा नौ वटा–र वादी गाजाको उत्तरमा कुनै पनि खुला छैन।

यी लगभग सबै कार्यरत बेकरीहरूले संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमबाट सहयोग  खोहजाक छन्। जहाँ पिठो, नुन, खमीर र चिनी  आदि खाद्य पदार्थ उपलब्ध छ।यस पहलको माध्यमबाट करिब दुई लाख ५० हजार मानिसहरूले अनुदान मूल्यमा खाने कुरा किन्न पाएका छन। ओसिएइचएले आइतबार आपतकालीन अवस्थाबारे आफ्नो पछिल्लो अपडेटमा उल्लेख गरेको छ।यसैबीच, प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सी युएन आरडब्लुएले सोमबार दूरसञ्चार सेवा बन्द सातौँ दिनमा प्रवेश गरेको जनाएको छ।

आफ्नो सबैभन्दा पछिल्लो अपडेटमा, युएनआरडब्लुएले गाजाभित्र आन्तरिक विस्थापित व्यक्तिको संख्या १७ लाख पुगेको  खुलासा गरेको छ। तीमध्ये एजेन्सीका सुविधाहरूमा शरण लिँदा कम्तीमा ३ सय ३५ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ६१ जना घाइते भएका छन्।साथै अक्टोबर ७ देखि, युएनआरडब्लुएका  १५१ जना कर्मचारी सदस्यहरू मारिएका छन् भने यसका १४१ वटा प्रतिष्ठानहरू क्षतिग्रस्त भएका छन्।