राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकार्य गर्ने लिखित सहमति गरेका छन् ।

सहमतिअनुसार आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको दुई रिक्त सदस्य पदमा नेकपा (एमाले) की उमेदवार महिलातर्फ रुक्मिणी कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्यतर्फका उमेदवार उद्वव पौडेललाई मतदान गर्नुपर्नेछ ।

सहमतिको पक्षमा दुबै उमेदवारहरुलाई मतदान गरी विजयी गराउन संयुक्त अपिल गरिएको छ । सहमतिपत्रमा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र राप्रपा कोशी अध्यक्ष रामकुमार थापाले हस्ताक्षर गरेका छन् ।