बाइडेन प्रशासनअन्तर्गत अमेरिकी जलवायु कूटनीतिको नेतृत्व सम्हालेका अमेरिकी जलवायु दूत जोन केरीले आगामी वसन्त ऋतुमा आफ्नो पदबाट राजीनामा दिने तयारी गरेको केरीनिकट स्रोतलाई उद्धृत गर्दै सीएनएनले शनिबार जनाएको छ।

पूर्व विदेशमन्त्री तथा राष्ट्रपतिका लागि डेमोक्रयाटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका ८० वर्षीय केरीले तीन वटा अन्तर्राष्ट्रिय जलवायु शिखर सम्मेलनमा अमेरिकी वार्ताको नेतृत्व गरेका थिए। एक्जिओसले केरीले राजीनामा दिने तयारी गरेको र बाइडेनको अभियानमा सामेल हुन चाहेको सबैभन्दा पहिले जानकारी गराएको थियो।बाइडेन प्रशासनमा सामेल हुनुअघि केरीले जलवायुसम्बन्धी विषयमा लामो समयदेखि काम  गरेका थिए। 

सन् २०१५ मा करिब २०० राष्ट्रले स्वीकार गरेको जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको पेरिस सम्झौताको वार्तामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेका थियो। सन् २०१९ मा केरीले जलवायु सङ्कटसँग जुध्न विश्वका नेता र सेलिब्रेटीहरूको द्विपक्षीय पहलको लागि विशेष भूमिका खेल्नुभएको थियो।यस पहललाई जलवायु सङ्कटसँग जुध्नका लागि भएको ‘वल्र्ड वार जिरो’ भनिन्छ।

केरीले दशकौंसम्म सिनेटमा जो बाइडेनसँगै काम गरेका थियो। उनले सन् १९८४ मा म्यासाचुसेट्सको प्रतिनिधित्व गर्न सिनेटमा पहिलो पटक निर्वाचित हुनुभएको र गभर्नर माइकल डुकाकिसको नेतृत्वमा राज्यको लेफ्टिनेन्ट गभर्नरको रूपमा सेवा गरेका थिए। 

सन् २००४ को आम निर्वाचनमा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुससँग पराजित हुनुअघि केरीले डेमाक्रयाटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका लागि उम्मेदवारी मनोनयन गराएका थिए। सन् २००९ मा बाइडेन उपराष्ट्रपति भएपछि केरीले बाइडेनले सम्हाल्दै आएको सिनेटको विदेश सम्बन्ध समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थियो। उनलाई सन् २०१२ मा बाराक ओबामाले विदेशमन्त्रीमा नियुक्त गरेका थियो। 

केरीले भियतनामको नौसेनामा मेकोङ डेल्टामा गनबोट अफिसरको रूपमा पनि सेवा गरेको प्रसिद्ध अमेरिकी पुरस्कार सिल्भर स्टार, ब्रोन्ज स्टार र थ्री पर्पल हार्ट्सबाट सम्मानित भएका छन्।