जनता समाजवादी पार्टी (जसपा) नेपालको धरान उपमहानगरपालिका वडा नं. १४ मा वडा तदर्थ समिति गठन भएको छ ।

कौशिला चेम्जोङको अध्यक्षतामा १४ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्षमा कृष्णकुमार लिम्बु र सरिता राई, सचिवमा नारायण राना मगर, सहसचिवमा सन्देश बेघा र कोषाध्यक्षमा आनन्दकुमारी राई चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुर्य श्रेष्ठ, पूर्णबहादुर कार्की, सारदा राई, मेलिना श्रेष्ठ, मनु लिम्बु, निर्मला राई, सञ्जिव लिम्बु, अम्बिका मगर लगायत रहेका छन् ।

त्यस्तै वडाको सल्लाहकार समितिमा विजय साम्पाङ, टंक राई र पदमकुमारी लिम्बु चयन भएका छन् । कार्यक्रममा पार्टीको राजनीतिक समितिका केन्द्रिय सदस्य भीम राई, प्रदेश सदस्य तेञ्जिङ शेर्पा, धरान नगर अध्यक्ष ताजुब लिम्बु, लगायतको उपस्थिति रहेको थियो ।