बिपी कोइराला स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा लामो समयदेखि विभिन्न समस्य उत्पन्न हुदै आएको छ।

कहिले प्रतिष्ठानको बेथिति त कहिले  उपचारमा लापरबाही त कहिले डाक्टरहरुको बढुवा रोकिएको  विषय लिएर आन्दोलन हुँदै आएको छ।

गत कात्तिक महिनामा प्रतिष्ठानका डाक्टरहरुले राजिनामा दिएपछि डाक्टरहरुको राजिनामा फिर्ता गर्ने प्रतिष्ठानले पटकपटक  छलफल गरी ४ बुँदे सहमति गरी  डाक्टरहरुको बढुवा  परीक्षामार्फत गरिने भनेर ३ महिनामा बढुवाको प्रक्रिया अगाडि बढाउने  सम्झौता गरे पनि उपकुलपति  प्रा.डा. प्रह्लाद कार्कीले उक्त सहमति कार्यान्वयन नगरेको भन्दै डाक्टरहरु केही दिन देखि प्रतिष्ठानमा  विरोध जनाउँदै आएका छन्।

बढुवा सम्बन्धि कुनै किसिमको छलफल नराखेको भन्दै बिहीबार उपकुलपति डा. कार्कीको कार्यलयमा ताला लगाइएको थियो । वषौंदेखि बढुवा नहुँदा प्रतिष्ठानका शिक्षक, कर्मचारीहरुको वृत्तिविकास समेत असर पर्ने भएकाले डाक्टरहरु चिन्तित बनेका छन्। 

IMG_20240112_220210

बढुवा नहुँदा कतिपय प्रतिष्ठानका दक्ष डाक्टरहरु सरुवा भएर अन्यत्र गएको देखिन्छ विभिन्न विभाग दक्ष डाक्टर नहुँदा उपचारमा आएका विमारीले समेत निकै समस्या खेपिरहेका छन्।

प्रतिष्ठान जिम्मेवार भएर कुनै पनि समस्याको हल गर्न नसकेको भन्दै धरान उपमहानगरपालिका मेयर हर्कराज राईले छलफलमा नआए उपकुलपतिको कार्यलमा ताला लगाउने भन्दै  शुक्रबार प्रतिष्ठान पुगेका थिए । उपकुलपति कार्यालयको गेटमा आन्दोलनरत शिक्षक, कर्मचारीहरुले ताला लगाई उपकुलपति डा. कार्कीलाई निषेधित क्षेत्र घोषणा गरेकाले   मेयर साम्पाङ तालाबन्दी नगरी फर्किए।

बढुवा नहुँदा प्रतिष्ठानका शिक्षक, कर्मचारीहरु अन्यायमा परेकोले उननीहरुको मागको पूरा हुने सुनिश्चित गरिनु पर्ने बताएका छन्। जहिले पनि आन्दोलन, विरोध हुँदा उपचारमा आएका बिरामीलाई समेत निकै कष्ट हुने गरेकाले  काम गर्न नसक्ने भए पदमा बस्नुको औचित्य नहुने भन्दै भीसीले राजिनामा दिनुपर्ने आन्दोलनकारीले बताएका छन्।

आन्दोलित भएका शिक्षक र डाक्टरहरुले  आइतबारसम्म  उपकुलपति कार्की आएर का.स. बैठक नराखे इमर्जेन्सी, आइसियु र वार्डबाहेकका सेवा वहिष्कार गर्ने साथै  पठनपाठन, परीक्षाका कार्यक्रम समेत वहिष्कार गर्ने घोषणा गरेका छन्।