गत मङ्सिर ९ गतेदेखि १६ गतेसम्म वराहक्षेत्रको चतरास्थित हाटखोलामा आयोजित सार्वजनिक महापुराणको आज आयव्यय सार्वजनिक गरिएको छ ।

आयोजित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ महापुराण समितिले ४ लाख ५२ हजार १ सय ७६ रुपैयाँ आय सार्वजनिक गरेको भने खर्च कटाएर नगद मौज्दात ८० हजार ९ सय ६६ रुपैयाँ बचत गरेको समितिका सदस्य सचिव रोहित साहले जानकारी दिए ।

समितिले वराहक्षेत्र नगरपालिका, स्थानीय सङ्घसंस्था र व्यक्तिबाट नगद प्राप्त गरी सार्वजनिक महापुराण आयोजना गरेको उल्लेख गरेको छ ।

स्थानीय सरोकारवाला, पुराण समितिका पदाधिकारी, शिक्षक, बुद्धिजीवि र संचारकर्मीमाझ आयव्यय सार्वजनिक गरेको हो । बचत रकममा थप गरी स्थानीय क्षेत्रमा मन्दिर निर्माण गर्ने योजना रहेको समितिकी अध्यक्ष इन्द्रमाया बुढाथोकीले जानकारी दिइन् ।

Chatara maha puran

Chatara puran rohit saha