धरान उपमहानगरपालिका क्षेत्रका सडकमा लगाइएको पार्किङ शुल्क कानून विपरित रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान नगर समितिले हस्ताक्षर अभियान सुरु गरेको छ ।

रास्वपाले बुधबार धरानको भानुचोक स्थित घन्टाघर अगाडि हस्ताक्षर अभियान सुरु गरेको हो । अभियानमा सहमती जनाउँदै बुधबार मात्र पाँच सय भन्दा बढिले हस्ताक्षर गरेको पार्टीका नगर समिति सचिव सुमन श्रेष्ठले बताए ।

सचिव श्रेष्ठका अनुसार तीन दिनसम्म हस्ताक्षर अभियान सञ्चालन गरेर, जनभावना बुझि ज्ञापनपत्र सहित धरान उपमहानगरपालिकामा बुझाउने कार्यक्रम रहेको छ । 

उपमहानगरपालिकाले पार्किङ शुल्क उठाउन ठेक्का लगाएपछि ठेकेदारका कर्मचारीले राजमार्ग र सहायक राजमार्गमा रोकिएका मोटरसाईकल, स्कुटर र अन्य सवारी साधन चालकसँग शुल्क उठाउँदै आएका छन् । 

नगर आफैंले निर्माण गरेको पार्किङ स्थलको मात्र शुल्क उठाउन पाउने कानूनी व्यवस्था रहेको छ । तर, धरान उपमहानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने कोशी राजमार्ग र सहायक राजमार्गमा कानुन विपरित शूल्क उठाएको रास्वपाको धारणा छ । 

rsp signature