वराहक्षेत्रमा आगामी चैत्र २७ गतेदेखि लाग्ने पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवका लागि श्री अर्चना बाबा दिव्य धामले तयारी थालेको छ ।

वराहक्षेत्रस्थित १ नम्बर वडा कार्यालय, औलिया गद्दीस्थित औलिया बाबा छिन्नमस्ता संरक्षण मञ्च, स्थानीय सरोकारवालासँग पूर्ण महाकुम्भ र तयारीबारे छलफल गरेको हो ।
अर्चना बाबाधामका लाखौं भक्तहरुसहित कुम्भमेलाका अवसरमा शोभायात्रासँगै बाबाधामको पण्डाल लगाउने विषयमा स्थानीयसँग छलफल गरेको दिव्यधामका आदि जगदगुरु ॐ बाबाले जानकारी दिए ।
अर्चना बाबाधामले पूर्ण महाकुम्भको अवसरमा नि:शुल्क भोजनालय र भक्ति शिविर सन्चालनका लागि तयारी गरिरहेको धामका उपासक राजकुमार शम्भोले बताए ।
ॐ कार परिवारअन्तर्गत अर्धनारीस्वरुप जगद जननी अर्चना बाबाका उपासकले लोकहित, परोपकार, गौरक्षा, सनातन धर्म संरक्षण, अर्चना बाबा शिव साधनाका कार्यक्रमसहित मुलुकका दिव्यधामहरुमा अनुष्ठान संचालन गर्दै आएको छ ।

प्रत्येक वर्ष साउन महिनाको पहिलो सोमबार बोलबम मेलाका अवसरमा अर्चना बाबा धामको आयोजनामा चतराधाममा शोभायात्रा, नगरपरिक्रमासहित रुद्राक्ष्यरण्य पिण्डेश्वर महादेवमा जल अर्पणसमेत गर्दै आएको छ ।