धरान । पासा खल धरानको आयोजनामा चौथो ‘घर–घरमा यःमरी’ महोत्सव आइतबारबाट सुरु भएको छ ।

धरान–३ स्थित गल्ली टोल र शङ्खधर शाख्वा मार्गमा तीन दिने महोत्सव सुरु भएको महासचिव अमृत श्रेष्ठ आचार्जुले जानकारी दिए । उनका अनुसार स्थानीय टोलबासीको ३० वटा स्टल छन् । जहाँ तीन प्रकारका यःमरीसहित खाजासेट, बारा, छोयला, कचिला, अण्डालगायतका नेवारी परिकार पाइने उनले जनाए । टोलको प्रवर्धन गर्नका लागि महोत्सव लगाउँदै आएको छ ।

कार्यक्रममा करिब २५ लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । उक्त दुई टोलमा झण्डै ९० प्रतिशत नेवारहरू बसोबास गर्छन् । जसले गर्दा त्यहाँ नेवारी परिकारहरू बन्दै आएका थिए । गएको चार वर्षयतादेखि भने महोत्सव लगाई नेवारी परिकारको प्रवर्धन गर्दै आएको महासचिव आचार्जुले जानकारी दिए ।

‘यसपल्ट सामान्य तरिकाले महोत्सव गरिरहेका छौँ’–उनले भने । चारवटा सांस्कृतिक धिमे बाजा, लाखे नृत्य, नखिचा, दफा भजनको कार्यक्रम पनि हुने जनाइएको छ ।

yamari1