समाजवादी मोर्चा नेपालले धरान नगर कमिटी घोषणा गरेको छ ।

पालिकास्तरसम्म सङ्गठन निर्माण गर्ने मोर्चाको केन्द्रीय नीतिअनुसार आज धरानमा नेकपा माओवादी केन्द्रका सम्फर तामाङको संयोजकत्व कमिटी घोषणा अगरिएको हो । मोर्चाआवद्ध ४ दलबाट प्रतिनिधिमूलक दुईदुई सदस्य गरी ८ सदस्यीय कमिटीमा छन् ।

माओवादी केन्द्रबाट संयोजक तामाङसहित सर्वजित राई, जनता समाजवादी पार्टीका तर्फबाट ताजुब लिम्बू र शम्भु राई, एकीकृत समाजवादीका तर्फबाट रेवती राई र खेम दाहाल साथै नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट मोहन राई र परिता राई रहेको मोर्चा गठन भएको हो ।

सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा मोर्चा आबद्ध नेता, कार्यकर्ताको सहभागितामा नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व कृषि मन्त्री चक्रपाणी खनाल (बलदेव) ले मोर्चाको कमिटी घोषणा गरेका हुन् ।