धरान । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) को किरात खम्बुवान प्रान्तीय भेलाले तिलक राईको अध्यक्षतामा किरात खम्बुवान तदर्थ समिति गठन गरेको छ । 

उदयपुरको गाईघाटमा मंगलबार सम्पन्न भेलाले उपाध्यक्षमा गौरीनारायण चौधरी, सचिवहरूमा फिरत चौधरी, लीजा राई चयन भए । यस्तै सदस्यहरूमा महावीर राई, प्रदीप तामाङ, सुकमाया दनुवार, सम्झना बस्नेत, रमेश राई, बिधान राई, नरबल राई र धनबहादुर विश्वकर्मा (गजमेर) चयन भएका छन् । रिक्त रहेको पद चाँडै नै मनोनयन गरिने अध्यक्ष तिलक राईले जानकारी दिए । 

भेलाका प्रमुख अतिथि पार्टीका सङ्घीय अध्यक्ष ज्ञानबहादुर गुरुङले आगामी पुसमा हुने ऐतिहासिक प्रथम महाधिवेशन अगावै प्रदेश १ का समिति, प्रान्तीय समिति, जिल्ला, पालिका र वडाहरू विस्तार गरिसक्ने जनाए । विस्तारपश्चात् महाधिवेशन प्रतिनिधि र पर्यवेक्षक छनौट गर्नका लागि निर्देशन दिए । 

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्षहरू एबी पन्धाक, अशोक चेम्जोङ, इन्दिरा मेन्याङ्बो, सचिव भविराज लिम्बू, चन्द्रनारायण चौधरी, सहसचिव पदम अधिकारी, पूर्णकला लिम्बू, केन्द्रीय सदस्य धनबहादुर पन्धाक, अमर इजम, प्रयास बान्तवा, लिम्बुवान अध्यक्ष भुपेन्द्र मावोलगायत नेता सहभागी थिए ।