नेकपा एमाले बराहक्षेत्रले चाडबाडलक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
तिहार, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय राजनीतिक दल, संघसंस्था र पार्टी कार्यकर्ताहरुको जमघट रहेको थियो ।

Uml barahakshetra chiyapan

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्न र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने कार्यमा जुट्न आग्रह गरेका थिए। व्यवस्था र अवस्था फेरिए पनि  सोच र व्यवहार नफेरिएकाले  सोच फेरेर 'समृद्ध नेपाल सुखी नेपाली' अभियानमा लाग्न आग्रह समेत गरे।

आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका  कोशी प्रदेश प्रवक्ता विजय राउत, नेकपा माओवादी केन्द्रका नेता पुष्प ढुङ्गाना, नेपाली काङ्ग्रेसका नेता बुद्धिबहादुर कटुवालले शुभकामना मन्तव्य राखेका थिए ।

Chiyapan barahakshetra uml

बराहक्षेत्र-७ स्थित बाङ्गेमा रहेको रामेश्वर शिवालय भवनमा आयोजित कार्यक्रममा  नेकपा एमाले केन्द्रीय सदस्य मन्जु भण्डारी, पूर्व सांसद जयकुमार राई, कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेश बस्नेत, एमालेका केन्द्रीय लेखा आयोग सदस्य डिबी शाह शङ्कर, कवि प्रह्लाद भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए।
नेकपा एमाले बराहक्षेत्र नगर कमिटी अध्यक्ष सीता भण्डारी पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको एमाले बराहक्षेत्र सचिव देवेन्द्र विष्टले सन्चालन गरेका थिए । 

Uml chiyapan barahakshetra