विराटनगर । प्रदेशसभा निर्वाचनको १०  महिनापछि कोशी प्रदेशमा संसदीय समिति चयन भएको छ । ‘मिनी संसद्’ मानिने प्रदेशसभाका सातवटा संसदीय  समिति बिहीबार चयन गरेको हो ।

प्रदेशसभाको बैठकमा सभामुखको हैसियतमा उपसभामुख सिर्जना दनुवारले ७ वटै संसदीय समितिको गठन गरेको जानकारी गराएकी छन् । समितिको सभापतिका विषयमा भने दलहरूबीच भागबण्डा मिलेको छैन । सभामुखको निर्वाचनपछि संसदीय समितिको नेतृत्व टुङ्गो लगाउने दलहरूको तयारी छ ।

प्रदेशसभाका ९३ जना सदस्यमध्ये मुख्यमन्त्री केदार कार्की र विना विभागीय मन्त्रीहरू गणेश उप्रेती, शम्शेर राई र कमलप्रसाद जवेगु तथा उपसभामुख सिर्जना दनुवारबाहेक सबै सांसद्हरू संसदीय समितिमा रहेका छन् । न्याय प्रशासन तथा विधायन समितिमा अम्बरबहादुर विष्ट, खगेश्वरी पौडेल, गीता तिम्सिना, गोम्बु शेर्पा, भूपेन्द्र राई, रमेशकुमार बस्नेत, रामबहादुर राना मगर, ललिताकुमारी चौधरी, लीलावल्लभ अधिकारी, विनोद राई, शीला दीक्षित कार्की, होमबहादुर थापा रहेका छन् ।

यस्तै सुशासन तथा योजना समितिमा इन्दिरा थापा,  इन्द्रबहादुर आङ्बो, उद्धव थापा, कमला दर्नाल, नारायणबहादुर मगर, निर्मला लिम्बू, भक्तिप्रसाद सिटौला, भूमिप्रसाद राजवंशी, मालतीकुमारी लिम्बू, मीना श्रेष्ठ, राजेन्द्रकुमार राई, राधाकृष्ण खनाल, लक्कीकुमारी गणेश, लीलाकुमारी राई, हिक्मतकुमार कार्की रहेका छन् ।

अर्थ समितिमा गोपाल तामाङ, छविलाल चुँडाल, जीवन आचार्य, ज्ञानेन्द्र सुवेदी, तारादेवी ढकाल, बाबुराम गौतम, मानबहादुर लिम्बू, रामकुमार खत्री, रोहितबहादुर कार्की, विजयकुमार राई, विदुरकुमार लिङ्थेप, सविना बजगाईं, सुनिताकुमारी गुरुङ रहेका छन् ।

सार्वजनिक लेखा समितिमा किशोरचन्द्र दुलाल, गीतारानी महतो, दुर्गाप्रसाद चापागाईं, पाँचकर्ण राई, प्रदीपकुमार सुनुवार, प्रेमराज थाम्सुहाङ, भीम पराजुली, यशोदा कायस्थ, रेवतीरमण भण्डारी, सदानन्द मण्डल, हिमाल कार्की रहेका छन् ।

सामाजिक विकास समितिमा इस्राइल मन्सुरी, गयानन्द मण्डल गनगाईं, गीतादेवी रेग्मी, तिलचन पाठक, नम्बरलाल धिमाल, ममता तामाङ मगर, राजन किराती, रामदेव यादव, विद्या चाम्लिङ राई, शोभा चेम्जोङ, सपना दर्जी, सिर्जना राई रहेका छन् ।

उद्योग पर्यटन तथा वातावरण समितिमा उमाकान्त गौतम, कमला थापा मगर, खगेनसिं हाङ्गाम, खिनु लङ्वा लिम्बू, जयप्रकाश चौधरी, गोपालबहादुर विश्वकर्मा, निरन राई, निरादेवी खनाल, बुद्धिकुमार राजभण्डारी, मैयाँ श्रेष्ठ, राजेन्द्र कार्की, सुनिता गच्छदार चौधरी, सम्झना तामाङ थाम्सुहाङ रहेका छन् ।

यसैगरी प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा अमृतकुमार अर्याल, इन्द्रमणि पराजुली, एकराज कार्की, खड्गबहादुर बस्नेत, गोविन्द गिरी, डोल्मा तामाङ, तिलकुमार मेन्याङ्बो लिम्बू, निमसरी राजवंशी, नुरशदि बेगम, वन्दना झाँगड, मोहन महर्जन र रामप्रसाद महतो रहेका छन् ।