काठमाडौँ/प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गए राति स्वदेश फर्किनुभएको छ । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरेका थिए । प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी रहेका थियो ।

बेइजिङमा उनि र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। भ्रमणका क्रममा प्रधानसेनापति शर्माले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गरेका थियो। भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत रिहेका थिए।

प्रधानसेनापति शर्मा यही कात्तिक १० गते बेइजिङ प्रस्थान गरेका थियो। काठमाडौँ प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गए राति स्वदेश फर्किनुभएको छ । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरेका थिए । प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी रहेका थियो ।

बेइजिङमा उनि र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गरेका थियो। भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत रिहेका थिए। प्रधानसेनापति शर्मा यही कात्तिक १० गते बेइजिङ प्रस्थान गरेका थियो ।