श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८०साल कार्तिक १७ गते शुक्रवार, ३ नोवेम्बर २०२३, पिंगल संवत्सर, कार्तिक कृष्णपक्षको षष्ठी तिथि २३ः२५ बजेसम्म उप्रान्त सप्तमी, नक्षत्र पुनर्वसु भोलि ०८ः११ बजेसम्म पुष्य, चन्द्रराशि–मिथुन, सुर्योदय ०६ः१५ बजे र सुर्यास्त ०५ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताउनेछ ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्, धनमाल सुरक्षामा ध्यान दिनुहोला । साथीभाइको सहयोग जुट्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ ।