जोर्डनका राजाले इजरायल र हमासबीचको द्वन्द्व अन्त्यका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आग्रह गरेका छन् । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजा पट्टीमा जारी युद्ध खतरनाक चरणमा प्रवेश गरेको र यसले मध्यपूर्व र समग्र विश्वलाई विपत्तितर्फ धकेल्न सक्ने बताउँदै अन्त्यका लागि अन्तर्राष्ट्रिय प्रयासलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन् ।

 स्पेनका कार्यवाहक प्रधानमन्त्री पेड्रो सान्चेजसँग बुधबार भएको टेलिफोन वार्तामा राजाले सर्वसाधारणलाई निरन्तर निशाना बनाउने कार्यको निन्दा समेत गरेका छन्। जोर्डनी राजाले अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई गाजामा आफ्नो मानवीय कर्तव्य पूरा गर्न सक्षम बनाउन र प्यालेस्टिनी क्षेत्रमा चिकित्सा र राहत सहायता प्रवेश गर्न अनुमति दिन पनि आह्वान गरेका छन् ।

बुधबार पनि जापानी प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा राजाले गाजामा सर्वसाधारणको सुरक्षा र अन्तर्राष्ट्रिय मानवीय सहायता परिचालन गर्न आग्रह गरेका छन् ।