भारत सरकारले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैरबासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ ।  

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बुधबार जारी गरेको सूचना अनुसार राष्ट्रिय सहकारी निकासी लिमिटेड (एनसीईएल) मार्फत सो परिमाणको चामल निकासी गर्न अनुमति दिइएको हो ।

गैरबासमती सेतो चामलको निर्यात नेपाल,क्यामरून,कोटे डी आइभोर, गिनी, मलेसिया,फिलिपिन्स र सेसेल्सलाई  निर्यात गर्न अनुमति दिइएको छ,’लिमिटेडद्वारा जारी सूचनामा भनिएको छ।

नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन र सेलेसलाई ८ सय टन चामल पठाइएको हो ।भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैर(बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।