श्रीलाङ्काको उत्तर पश्चिमी प्रान्तमा बिहीबार बस सडकबाट तल खसेर उर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, १८ जना घाइते भएका छन् । वर्षाका कारण बाटो चिप्लो हुँदा दुर्घटना भएको प्रहरी प्रवक्ता निहाल थल्दुवाले बताएका छन् ।

यस प्रान्तमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ, र सडकहरू भिजेको र अत्यधिक चिप्लो भएकोमा चालकहरूले ध्यान दिनुपर्छ, थल्दुवाले भने।श्रीलङ्कामा विशेष गरी पानी परेको बेलामा सडक दुर्घटना बढ्ने गर्छन् । साथै मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा भारी वर्षा हुने चेतावनी दिएको छ। 

प्रहरीका अनुसार श्रीलङ्कामा गत वर्ष करिब १९ हजार ७ सय ४० वटा सडक दुर्घटना भएको थियो जसमा २ हजार ४ सय ८५ जनाको मृत्यु भएको थियो।