रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार मस्को र बेइजिङबीचको (अभूतपूर्व) ऊर्जा सहकार्यको प्रशंसा गरेका छन्। भने क्रेमलिनले युरोपेली बजारमा भएको नोक्सानीको क्षतिपूर्तिका लागि आफ्नो एसियाली साझेदारीलाई मजबुत बनाउने प्रयास गरिरहेको छ। 

युक्रेनको आक्रमणलाई लिएर रूसमाथि पश्चिमा मुलुकले ठूलो प्रतिबन्ध लगाएको छ भने युरोपले मस्कोसँगको आफ्नो ऊर्जा सम्बन्ध अन्त्य गर्ने प्रयास गरिरहेको छ । पुटिनले बिहीबार दुई दिने चीन भ्रमण पूरा गर्नुभएको छ, जुन पूर्व सोभियत सङ्घबाहिर यस बर्ष भएको पहिलो भ्रमण हो । 

“रूसी सङ्घ र चिनियाँ जनगणतन्त्रबीचको समग्र साझेदारी र रणनीतिक सहयोगको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको छ र गतिशील रूपमा विकास भइरहेको छ,” बेइजिङमा आयोजित रूसी–चिनियाँ ऊर्जा मञ्चलाई सम्बोधन गर्दै पुटिनले भने।

“यस सम्बन्धको एक प्रमुख क्षेत्र ऊर्जा सहयोग हो, जुन बढ्दो रूपमा सक्रिय भइरहेको छ,” उनले भने रूसी तेल कम्पनी रोसनेफ्टका प्रमुख इगोर सेचिनले रूसले छिमेकी मुलुक चीनमा गर्ने निर्यातको ७५ प्रतिशतभन्दा बढी ऊर्जासँग जोडिएको बताए । 

“यो वर्ष, चीनमा रूसी ग्याँस निर्यात एक ऐतिहासिक अधिकतम पुग्नेछ अर्थात् यो बर्ष –३० अर्ब क्यूबिक मिटरभन्दा बढी ग्याँस वितरण गरिनेछ,”पुटिनका निकट सहयोगी रहेका सेचिनलले भने।  सेचिनले सन् २०२३ मा साउदी अरबलाई उछिनेर रूस चीनको मुख्य तेल आपूर्तिकर्ता भएको बताएका 

 विशेषगरी जी–७,युरोपेली सङ्घ र अस्ट्रेलियाले रूसको निर्यातमा मूल्य सीमा तोकेका तेलमा पश्चिमा मुलुकले कडा प्रतिबन्ध लगाएका छन्, मस्कोले महिनौंदेखि एसियामा डेलिभरी लाई पुनर्निर्देशित गर्ने प्रयास गर्दै आएको छ। मस्कोले अर्को वर्ष रूसबाट चीनसम्म ‘साइबेरिया २ को पावर’ पाइपलाइन निर्माण सुरु गर्ने आशा गरेको छ,जुन बेइजिङमा अधिक प्राकृतिक ग्याँस पु¥याउने एक विशाल परियोजना हो ।