सुनसरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । जिल्लामा भएका ४ सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् भने ४ जना सामान्य घाइते भएका छन् । 

अमहिबेलामा टेम्पो दुर्घटना हुँदा १ गम्भीर १ सामान्य घाइते भएका छन् । त्यस्तै धरान ४ स्थित निशानेमा बोलेरोले स्कुटरलाई ठक्कर दिंदा २ जना गम्भीर घाइते भएका छन् । 

बलाहामा  २ मोटरसाइकल ठक्कर लागी दुर्घटना हुँदा २ जना घाइते भएका छन् भने इटहरीस्थित टेंग्राखोलामा मोटरसाइकल दुर्घटना हुँदा २ जना सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका अनुसार १६८ ट्राफिक प्रहरी कारबाहीमा १ लाख १३ हजार राजश्व संकलन भएको छ । १० पटकमा १६२ जनालाई ट्राफिक सचेतना प्रदान गरिएको छ । 

हेर्नुहोस् ट्राफिक गतिविधि तथा दुर्घटना विवरणः 

1-Traffic-update-06-29

2-Traffic-update-06-29

3-Traffic-update-06-29