धरान–१५ स्थित दशरथ पथका स्थानीयले सडकका खाल्डाखुल्डी पुरेका छन् ।

दशरथ पथ टोल विकास संस्थामा आबद्ध स्थानीयले सिमेण्ट बाुलवालगायत आवश्यक वस्तु सङ्कलन गरेर दशरथ पथ सडकको खाल्डाखुल्डी पुरेका हुन् । 

धरान–८ वरगाछी उत्तर बुढासुब्बा चोकसम्मका सडकका खाल्डाखुल्डी पुरिएको टोल विकास संस्थाका अध्यक्ष सन्तोष खतिवडाले बताए । 

उनले चाडपर्व नजिकिंदै गएको र स्थानीयस्तरमा भएका सानातिना काम गर्न सरकारकै बाटो हेरिरहनु भन्दा आवश्यकता हेरी आफैं मर्मत सम्भार गर्न लागेको बताए । 

सडकका खाल्डा पुर्ने अभियानमा धरान १५ का वडासदस्यहरू बादल भट्टराई र रङ्गलाल गिरी पनि सहभागी थिए । 

Dasharatha Path Sadak Khaldakhuldi (1)

वडा सदस्य भट्टराईले धरान–१५ का टिएलओमध्ये दशरथ पथले उदाहरणीय काम गरेको बताए । टिएलओको काममा वडा कार्यालयले पनि साथ दिएको भट्टराईले बताए । 

टोल विकास संस्थाका अध्यक्ष सन्तोष खतिवडाले भने, ‘विगतका अध्यक्षहरूले सानातिना काम आफैं गर्नुहुन्थ्यो ।’ 

निवर्तमान अध्यक्ष नवीन मेन्याङ्बोको कार्यकालमा सिसीक्यामेरा जडान गरिएको थियो । 

अध्यक्ष मेन्याङ्बोको सक्रियतामा उपभोक्ताबाट आर्थिक सङ्कलन गरी सिसि क्यामेरा जडान गरिएको थियो । 

कुल ४ लाख रुपैयाँको बजेटमा १२ वटा सिसी क्यामेरा र ३ वटा कन्भेक्स मिरर राखिएको छ ।