रोटर्याक्ट क्लब अफ धरान घोपाले घरदैलोमा चिकित्सक कार्यक्रम गरेको छ । 

शुक्रबार  अभिवावक क्लब रोटरी क्लब अफ धरान घोपासँगको सहकार्यमा धरान १६ स्थित पूर्वाञ्चल बहिरा विद्यालयमा 'परिशर्याः घरदैलोमा चिकित्सक' कार्यक्रम गरेको  थियो । 

कार्यक्रमा विद्यालयका विद्यार्थीमा बढ्दो कन्जक्टीभाइटिस( आखा सम्बन्धी रोग ) को समस्य डेंगीका समस्या र सामधाका बारे सचेतना जगाउने काम गरिएको  रोटर्याक्ट  घाेपाका जनसम्पर्क अधिकारी अमन पान्डेले बताएका छन् ।

उनले भने " याे कार्यक्रमा नियमित कार्यक्रम हाे,  याे स्कुलमा  कन्जक्टीभाइटिसकाे समस्या देखिएकाे छ भन्ने हामीले यहा कार्यक्रम गरेका हाैँ ।  "

दोभासेद्वारा  विद्याथिहरूसंग अन्तरक्रियामा आरटीआर यादव भुजेलले कन्जक्टीभाइटिसको लाग्नुको कारण, सर्ने मध्यम र उपचारको विधिका साथै डेंगी बारेमा आवश्यक जानकारी दिइएका   पण्डेले बताए। 

उनका कार्यक्रममा आवश्यक औषधिहरूपनि निशुल्क वितरण गरिएको थियो । 

कार्यकम आरटीएन प्रा डा आशिष श्रेष्ठ तथा  आरटीआर  डाअभिषेक शर्माको मुख्य अगुवाईमा भएको थियो भने, आरटीआर प्रवेश पोखरेल, आरटीआर  यादब भुजेल, आरटीआर आनन्द कुमार साह ,आरटीआर  शितल श्रीवास्तव , आरटीआर  आयुष कुमार यादव,आरटीआर   कृतिका बस्नेतको पनि सहभागिता रहेको  पाण्डेले बताए। उनका अनुसार  अपरान्ह चार बजेबाट सुरू भएको कार्यक्रममा ३० जना विद्यार्थी तथा शिक्षाकको उपस्थिति रहेको थियो ।