धरान ८ स्थित तीनकुनेमा पिक अपको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।
आज दिउँसो धरानबाट इटहरी तर्फ जाँदै गरेको को १ च ७८ ४४ नम्बरको पिक अप भ्यानले को ३६ प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धरान १८ का ३० वर्षीय मनिल बोहोरा घाइते भएका इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
कार्यालयका अनुसार, घाइते बोहोराको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेका छ । घाइते बोहोराको टाउको र दुवै खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ ।
दुर्घटनापछि भ्यान चालक पाँचथर कुम्याक गाउँपालिका २ का ३० वर्षीय सन्तोष राईलाई भ्यान तथा मोटरसाइकल सहित नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।