धरान । सुनसरीको इटहरीमा सोमबार नेपाली फिल्म चारदामको शुभमुहूर्त गरिएको छ ।

फिल्म तामाङ जातिको भाषा, लिपि, भेषभूषा, कला, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका निर्माण भइरहेको हो । इटहरीको जनता बस्तीस्थित टासी छोइलिङ गुम्बामा एक कार्यक्रमका बीच फिल्मको शुभमुहूर्त गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्ष रेखबहादुर तामाङ घिसिङले फिल्मको क्ल्याप गर्दै शुभमुहूर्त गरिएको हो ।

फिल्म कोशी भिजनको ब्यानरमा निर्माण हुन लागेको छ । फिल्मको निर्देशन र लेखन लाखमान योञ्जन तामाङले गरिरहेका छन् । फिल्ममा अधिकांश तामाङ कलाकार रहेका छन् ।

फिल्ममा सुवास योञ्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ, शान्ति पाख्रिन तामाङ, पूर्ण लिम्बू, बालकलाकार सुम्निमा योञ्जन तामाङ रहेका छन् । फिल्मको अधिकांश छायाङ्कन सुनसरी र भोजपुरमा गरिने जनाइएको छ । फिल्ममा दुईवटा गीत समावेश गरिँदै छ ।