धरान । काठमाडौँको नइ प्रकाशनले धरानका अग्रज पत्रकार एवम् साहित्यकार गिरिराज आचार्यसहित २ सय १ जनालाई नइ कीर्ति रत्न समर्पण गरेको छ । 

देशविदेशका कवि तथा लेखकलाई नइ कीर्ति रत्न अलङ्कारबाट विभूषित गरिएको हो । शनिबार काठमाडौँको टङ्गालमा २ सय १ जना कवि तथा लेखकलाई विभूषण समर्पण गरिएको छ ।

त्यसक्रममा २ सय १ जना स्रष्टाले लेखेको नइ कीर्ति लय र नइ प्रकाशन कीर्ति र आकृति नामक दुईवटा ग्रन्थ पनि सामूहिक रूपमा विमोचन गरिएको छ ।