धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण श्रेष्ठ गोल्ड कप फुटबल प्रतियोगिता अन्तरगत शुक्रवार भएको खेलमा प्लानिङ ब्वाइज क्लब काठमाडौँ सेमिफाइनल प्रवेश गरेको छ । 

प्लानिङ ब्वाइज क्लब काठमाण्डौले भारत सिलीगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । खेलको २२ औ मिनेटमा प्लानिङ ब्वाइज बिदेशी खेलाडी बेबोस साक्वएस खेलको २२ औ मिनेटमा खाता खोलेका थिए ।

प्लानिङ ब्वाइज हाबी भएको खेलमा ३० मिनेटमा फागुराम थारुले टोलीको लागि दोस्रो गोल गरे । त्यस्तै ५७ औ मिनेटमा राजेश शाहले थप एक गोल गर्दै ३–० को अग्रता बनाए । त्यस्तै खेलको ७५ औ मिनेटमा सञ्जीव लामा विजेता टोलीको लागि गोल गरे । 

८८ मिनेट र अतिरिक्त समयको सदुपयोग गर्दै समीर थापाले टोलीको लागी दुई गोल गरे । विपक्षी टोलीको लागि एक मात्र गोल ६६ औ मिनेटमा सोनाम लेप्चाले गरे । शुक्रवारको खेलमा फागुराम थारु म्यान अफ द म्याच घोषित भए । उनले नगद ४ हजार प्राप्त गरे ।   

प्रतियोगिता अन्तगत शनिबार ९आज० हुने खेलमा ए पी एफ क्लबले विरगंञ्ज युनाइटेडको सामना गर्ने छ । प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र उप विजेताले २ लाख ५० हजार पाउने गोल्ड कप आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिएका छन् । वि.सं.२०३० सालमा तत्कालीन राजा बिरेन्द्रलाई बम हानेका अभियोगमा पक्राउ परेका सहिद भीम नारायण श्रेष्ठलाई वि।सं।२०३५ सालमा मृत्युदण्ड दिएको थियो । सरकारले उनलाई वि.सं.२०७३ सालमा सहिद घोषणा गरेको थियो ।