विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ टङ्कीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले एक सय शैय्याको विराट क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको छ । 

एक सय करोडको लगानीमा अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचारको लागि विराट क्यान्सर ईन्स्टिच्युट संचालनमा ल्याएको हो । 

विराट मेडिकल कलेज शिक्षण अस्पतालभित्रै क्यान्सरको सम्पूर्ण उपचार गर्ने उद्देश्यले  एक सय शैय्याको इन्च्युट संचालनमा ल्याएको अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।  रेवन्त रूपमणी फाउन्डेसनबाट संचालित विराट क्यान्सर ईन्स्टिच्युटमा क्यान्सरको सम्पूर्ण उपचार सस्तोमा भरपर्दो गुणस्तरीय उपचार सेवा दिने उनले बताए ।

‘कम खर्चमा क्यान्सरको सम्पूर्ण उपचार यहाँ हुनेछ,’ उनले भने, ‘अहिले एक सय शैय्याको रहेको छ । यसलाई अवश्यकता अनुसार थप विस्तरा गर्दै अगाडी बढाउनेछौं ।’ क्यान्सरको उपचार तथा शल्यक्रियामा सहयोग पुग्ने उद्देश्यका साथ आधुनिक प्रविधिको रेडिएसन पद्धतीद्धारा क्यानसर रोगको उपचार विधि सुरु भएको हो । 

क्यान्सर ईन्स्टिच्युट कोशी प्रदेशसहित अन्य प्रदेश र भारतको विहार, पश्चिम बङ्गालसम्मका बिरामीलाई लक्षित गरेर अस्पताल सञ्चालानमा ल्याइएको बताइएको छ । ‘क्यान्सरका विरामी चितवन र विदेश जाने गरेका थिए । स्थानीय स्तरमै क्यान्सरका रोगका विरामीको उपचार विराटमा हुनेभएपछि बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ,’ डा. कार्कीले भने । 

 क्यान्सर ईन्स्टिच्युटले दक्ष चिकित्सक साथमा अन्तराष्ट्रिय स्तरको प्रविधी र विशेषज्ञको टिमसहित सबै किसिमका क्यानसरको उपचार सेवा दिँदै आइरहेको छ । इन्स्टित्युटले क्यान्सर रोग सम्बन्धिको उपचार एउटै छानामनि दिँदै आइरहेको छ ।

जसमा रेडिएसन थेरापी ,मेडिकल अन्कोलोजी, किमोथेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी , सर्जिकल अन्कोलोजी (महिला, पुरुष तथा बालबालिका) रेडियो–डाईग्नोसिस र इन्टरभेन्सनल रेडियोलोजी , स्टेरियोट्याक्टीक म्यामोग्राफी , प्रिभेन्टीम अन्कोलोजी , प्यालिएटीभ केयर , प्याथोलोजी विभाग, आहार तथा पोषणविदद्वारा परामर्श , मनोविदद्वारा परामर्श लागयतका सेवा दिँदै आइरहेको अस्पतालले जनाएको छ ।

क्यान्सर उपचारका लागि नेपाल सरकारद्धारा उपचार सुविधाको पनि व्यवस्था रहेको छ । अस्पतालले क्यान्सरको उपचारको लागि ३० करोड रुपैयाँमा लेटेस उपकरणमात्रै ल्याएको छ । 

अस्पतालमा स्त्री क्यानसर रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. मोना प्रियादर्शीनी, क्यान्सर शल्य चिकित्सक (अन्को सकर्जन) द्धया डा. शिवराम शर्मा, डा. धुव्रनारायण साह, पिडीयाट्रिक अन्कोलोजिष्ट डा. शुवास मेहेता, पिडीयाट्रिक अन्को सर्जन डा.हिरामणी पाठक, क्लिनीकल अन्कोलोजिष्टद्धय डा. अस्मिता रायमाझी, डा. विवेक घोष, मेडिकल अन्कोलोजीष्ट डा. सुलभ सापकोटा, अन्को रेडियोलोजिष्ट डा. नेत्र विक्रम शाह, डा. भानु प्रताप शाह लगायतका चिकित्सकका टिमले सेवा प्रदान गर्दे आइरहका छन् । 

क्यान्सर विभागमा एक दर्जन दक्ष चिकित्सक रहेका छन् । डिएम गरेको क्यान्सरका विशेषज्ञ चिकित्सकहरु यो अस्पतालमा रहेको छ ।  क्यान्सरको उपचार चिकित्सक, स्वास्थ्यकमी र कर्मचारीमात्र एक सय जना कार्यरत रहने अस्पतालले जनाएको छ । विराट मेडिकल कलेज शिक्षण अस्पताल एक हजार शैय्याको अस्पताल हो ।