सुनसरी । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोसी शाखाको आयोजनामा कोसी गाउँपालीका वडा नम्बर ३ स्थित रहेको राष्ट्रिय मावि सोभनपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरुलाई लक्षित गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोसी शाखाले मंगलबार सो बिद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोसी शाखा प्रबन्धक रवीन्द्र राज र शाखा इन्चार्ज रविन उप्रेतीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा खाता संचालन र बचत खाताको विशेषताबारे जानकारी गराएका थिए ।

यस्तै पछिल्लो समयमा बढ्दै गएको डिजिटल बैंकिङ र स्मार्ट बैंकिङको फाइदा तथा बैंकिङ वित्तीय कारोबार अन्तर्गत अपनाउनुपर्ने बैंकिङ सतर्कता लगायतका बारेमा सहभागी  विद्यार्थी र शिक्षकलाई जानकारी गराएका हुन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोसी शाखाले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रमबाट विद्यार्थीहरुलाई मात्रै नभई शिक्षक वर्गलाई पनि धेरै कुराको जानकारी प्राप्त भएको राष्ट्रिय मावि सोभनपुरका प्रधानाध्यापक हरेकृष्ण प्रसाद राउतले जानकारी दिए । डिजिटल बैंकिङ र स्मार्ट बैंकिङबाट फाइदा भएपनि पछिल्लो समय जोखिम पनि बढेको देखिएको हुँदा वित्तीय साक्षरता सम्बन्धि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

समय सापेक्ष आफूहरूले वित्तीय साक्षरता लगायत जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको बताउदै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोसी शाखाका प्रबन्धक रवीन्द्र राजले आगामी दिनमा आवश्यकता अनुसार यस्ता कार्यक्रमलागि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । बैंकिङ कारोबार गर्दा ग्राहकवर्ग सचेत भएकोे अवस्थामा ठगिनबाट बच्न सकिने भएकाले सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।