सुनसरी । सुनसरीको भोक्राहा नरसिंह  गाउँपालिका क्षेत्रका विपन्न समुदायलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । मङ्गलबार एक कार्यक्रम आयोजना गरी भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का ५१४ घर परिवारलाई ओरफेन्स  इन नीड नामक संस्थाले खाद्यान्न सामाग्रीसहित न्यानो कपडा वितरण गरेको हो ।

ओरफेन्स  इन नीड नेपालको पहलमा भोक्राहा नरसिंह गाउँपालिका भरिका अति विपन्न एकल महिलाहरुलाई खाद्यान्न सामग्रीहसहित बलैंकेट वितरण गरिएको कार्यक्रम संयोजक शमिम अन्सारीले जानकारी दिए ।

उनका अनुसार चामल २० किलो, चिउरा ५ किलो, भुजा ४ किलो, चिनी २ किलो, चियापति ५ सय ग्राम, चना २ किलो, मसुर दाल २ किलो, सोयाबिन ५ सय ग्राम, खाने तेल २ लिटर, धनिया धुलो ५ सय ग्राम, खुर्सानि धुलो ५ सय ग्राम, बेसार धुलो ५ सय ग्राम, नुन २ किलो, सर्फ १ किलो, लुगाधुने साबुन ४ थान, नुहाउने साबुन ४ थान र न्यानो बलैंकेट १ थान वितरण गरिएको हो ।

उनीहरूलाई सो कार्यक्रमका प्रमुख अथिति सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख)  बाट निर्वाचित कोशी प्रदेशका सांसद हाजि इस्राईल मंसुरीले खाद्यान्न सामग्रीहसहित बलैंकेट वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्थाले अति विपन्न एकल महिलाहरुलाई पहिचान गरी खाद्यान्न सामग्री वितरण गरिनु सकारात्मक प्रयास भएको बताउदै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।