धनकुटा ।  धनकुटा नगरपालिका वडा नं.६ अन्तर्गत गठित नेपाल तामाङ घेदुङको अध्यक्षमा नरेश पाख्रीन तामाङ सवैसम्मत चयन भएका छन् । 

नेपाल तामाङ जिल्ला समन्वय समिति धनकुटाका निवर्तमान सचिव सन्तवीर लामाको प्रमुख आतिथ्यमा सम्पन्न धनपा–६ को प्रथम वडा भेलाले उपाध्यक्षमा कृष्ण वहादुर मोक्तान तामाङ, सचिवमा मुकेस पाख्रीन तामाङ, सह–सचिवमा अनिष ब्लोन तामाङ र कोषाध्यक्ष सन्जु वम्जन तामाङ चयन भएका छन् । 

नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाको अध्यक्ष कुल वहादुर तितुङ तामाङको अध्यक्षतामा सम्पन्न प्रथम वडा भेलाले सदस्यहरुमा प्रेम पाख्रीन तामाङ, खड्ग योन्जन तामाङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मोती पाख्रीन तामाङ, बालकृष्ण तितुङ तामाङ, अजित पाख्रीन तामाङ, राम वहादुर घिसिङ तामाङ, पदमुकमारी तामाङ, निकिता मोक्तान तामाङ भएका छन् । 

त्यसैगरी भेलाले वडा घेदुङको सल्लाहकार समितिको संयोजकमा सन्तवीर मोक्तान तामाङ, सदस्यहरुमा कुल वहादुर तितुङ तामाङ र जीत वहादुर वम्जन तामाङलाई चयन गरिएको छ । भेलाले हरेक महिनाको सनिवार नियमित वैठक गर्ने निर्णय समेत गरेको छ ।