भोजपुर । सघिय सांसद सुदन किरातीले नेपालको राजनीतिमा सामन्ती अन्धराष्ट्रवाद र राष्ट्रिय आत्मासमर्पणवाद हाबी भएको बताएका छन् । शुक्रवार अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै सांसद किरातीले अन्धराष्ट्रवाद र राष्ट्रिय आत्मासमर्पणवाद हाबी भएको बताएका हुन । राष्ट्रियताको सन्दर्भमा दुई प्रवृत्तिलाई परास्त गर्नै पर्ने सांसद किरातीको भनाई छ ।

नागरिकता विधेयकसम्म आउँदा पुरुष अन्धराष्ट्रवाद र राष्ट्रिय आत्मासमर्पणवाद आएको भन्दै उनले त्यसलाई परास्त नगरे सम्म देश कहिले अगाडी नबढ्ने ठोकुवा गरे । उनले नेपाल सरकारले एसपीपी लागु नगर्ने भनेर गरेको निर्णय सहितको पत्र तत्काल अमेरिकालाई पठाउनु पर्ने बताए ।

सांसद किरातीले एसपीपीका विषयमा सार्वभौमिक संसद मार्फत जनतालाई जानकारी गराउन माग गरे । बैठक बोलाउने हैसियत नराख्दा अन्तराष्ट्रिय सम्बन्ध समिति पूर्वग्राही भएको उनको आरोप छ । सांसद किरातीले भने “हाम्रो पाँच बर्से कार्यकाल सुखद भएन , दुई पल्ट संसद विघटन भयो , देशको कार्यकारी प्रधानमन्त्रीले अन्य देशको गुप्तचर संस्थाको प्रमुखसँग चार घण्टा गोप्य बैठक बस्दा पनि यो समितिले नजर अन्दाज गरेन , समिति पूर्वग्राही हुनु दुःखद हो ।”

बैठकमा किरातीले भूतपूर्व सिङ्गापुर गोर्खाहरूको समस्या समाधान गर्नु पर्नेमा जोड दिएका छन् । उनले समस्या त्रिपक्षीय असमान सन्धि मार्फत थोपारिएको बताए । बेलायत सरकार र नेपाल सरकारबिच वार्ताको प्रक्रिया अगाडी बढिरहेकाले यही प्याकेजमा सिङ्गापुर गोर्खाहरूको समस्यालाई समाधान गर्नु उनले बताए ।

किरातीले बेलायतका भूपु गोर्खाहरू भन्दा सिंङ्गापुर भुपूगोर्खाहरु अन्यायमा परेकाले समस्या समाधानका लागि सरकार र प्रतिपक्षीलाई एकमतका साथ लाग्न समेत आग्रह गरे । किराती भोजपुरबाट निर्वाचित माओवादी केन्द्रका सांसद हुनु ।