संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँने भएका छन् । सहायक विदेशमन्त्री लु आज साँझ काठमाडौँ आइपुग्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । 

यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिकेका उनि दुई दिनसम्म नेपालमा रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा सहभागी हुने स्रोतले जनाएको छ । 

सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुका साथै काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बुझिएको छ ।