धरान । नेपाली कांग्रेसले वी.पी. स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरेको छ । ४०औं वी.पी. स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले विविध कार्यक्रम गरेको हो । नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा वृक्षारोपण, विचार गोष्ठि र सम्मान कार्यक्रम गरिएको क्षेत्रीय प्रवक्ता एवम् सचिव केशव पुरीले बताए । 
उनका अनुसार धरान १४ स्थित पिण्डेश्वर क्याम्पस परिसरमा कफी, अम्बक, चिउरी, अमला, शिरिस, बांस लगायतका विभिन्न प्रजातीका दुईसय थान विरुवा रोप्ने कार्य कांग्रेसले गरेको छ । वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश नं. १ का महामन्त्री एवम् प्रमुख अतिथि उमेश थापा, सुनसरी जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नगर सभापति श्याम पोखरेल, पिण्डेश्वर क्याम्पसका प्रमुख काशिनाथ पौडेल लगायतले वीपीले गर्नुभएको योगदानको चर्चा र वृक्षारोपणको महत्व बारे विचार राखेका थिए ।
त्यसैगरी वीपीको स्मृति दिवसकै अवसरमा विचार गोष्ठी र गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित हुन सफल क्षेत्र नं. १ का पार्टीका विजयी उम्मेदवार तथा जनप्रतिनिधिहरुलाई खदा, अविर र प्रशंसा–पत्रले सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका प्रदेश नं. १ का महामन्त्री उमेश थापा, जिल्ला सभापति एवम् इनरुवा नगर प्रमुख केदार भण्डारी, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेश १(२) का सभापति एवम् धरान १६ का वडा अध्यक्ष मुरारी भट्टराई, धरान उपमहानगर सभापति श्याम पोखरेल, नेपाल महिला संघ सुनसरीका सभापति विजया कटवाल लगायतले वीपीको राजनीतिक, सामाजिक, साहित्यक र शैक्षिक योगदान तथा उनले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको बारेमा विभिन्न विचार राख्नुका साथै गत स्थानीय निर्वाचन, आगामी निर्वाचन र पार्टीका नेता तथा कार्यकर्ताहरुको भूमिका र पार्टीको अबको नीति तथा कार्यक्रमका बारेमा समेत विचार राखेका थिए ।
क्षेत्रीय सचिव महेन्द्र प्रधानले सञ्चालन गरेको उपरोक्त कार्यक्रममा पार्टीका १ नं. प्रदेशका सदस्यद्धय अन्जना राई र गणेश परियार, महासमिति सदस्यहरु तिलक राई, कृष्णकला मादेन, श्यामा रेग्मी, सुवास राई, ममता तामाङ, सन्तोष विक, महाधिवेशन प्रतिनिधिहरु संदिप श्रेष्ठ, निलकुमारी गिरी, चित्रकुमारी राई, जिल्ला सदस्यहरु प्रदिप बस्नेत, रिता सुन्दास, रत्न रिमाल, अनुपमा सुनुवार, विजय चौधरी, राष्ट्रियसभा सदस्यका प्रत्यासी मिना पुलामी, प्रदेशसभा सदस्यका प्रत्यासी बुद्धि कटवाल, नेपाल महिला संघका क्षेत्रीय सभापति नेत्रकुमारी राई, प्रदेश १(२) का सभापति निर्मला नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी, वीपी चिन्तन प्रतिष्ठान र थाउजेण्ड बुद्ध निर्माण समितिको संयुक्त आयोजना तथा नेपाल तामाङ घेदुङ हङकङका महासचिव सुभद्रा गोलेको सहयोगमा पनि विचार गोष्ठी र वृक्षारोपण कार्यक्रम भएको छ । सो अवसरमा थाउजेण्ड वुद्ध निर्माणस्थलमा विभिन्न प्रजातीका एकसय विरुवा रोपिएको छ । प्रतिष्ठानका अध्यक्ष आनन्द आचार्यको अध्यक्षतामा भएको उक्त कार्यंक्रममा पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्य विनोद राई, पूर्व जिल्ला सचिव गिरिराज आचार्य, हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष टंक राना, पूर्व अध्यक्ष तथा निर्माण समितिका अध्यक्ष प्रदिप थापा मगर लगायतले विचार राखेका थिए भने कार्यक्रममा महासमिति सदस्य श्यामा रेग्मी, महाधिवेशन प्रतिनिधि संदिप श्रेष्ठ, पार्टी पूर्व जिल्ला सचिवहरु भिष्म काफ्ले र मदन ढकाल, नेपाली लेखक संघका अध्यक्ष डा. गोपाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
                    
        
                                        
                                                                                                
        































