नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निवास, बालकोटमा नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले आज शिष्टाचार भेट गरेका छन् ।

भेटवार्ता जारी रहेको जनाइएको छ । नेता लिउ चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका थिए ।