विजयपुर । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान मञ्चले प्रदेश नं. १ को नाम ‘लिम्बुवान–किरात’ राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ ।

सोमबार मञ्चले इलाका प्रशासन कार्यालय धरानमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको मञ्चका सुनसरी अध्यक्ष अमर इजम लिम्बूले जानकारी दिए ।

विज्ञप्तिमा लामो समयदेखि पहिचानको आधारमा नाम राख्न माग गर्दै आएको र आवाज पनि सम्बोधन हुँदै आएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा केही दिनदेखि नामकरणको विषयमा संसद्मा उपस्थित केही दलहरूले ‘लिम्बुवान–किरात’ पहिचानलाई बाइपास गरेर नदीको नाममा प्रदेशको नामकरण गर्न माग गरेकोमा आपत्ति जनाइएको छ ।