देउराली ।  आर्थिक वर्ष  २०७९/०८०  बजेट प्रस्तुत गरी स्थगित भएको धरान उपमहानगरपालिकाको ११ औं नगरसभा आज पौने तीन बजेबाट सुरु भएको छ । 

दिउसो १ बजेको समय तोकिएको नगरसभा १ घण्टा ४५ मिनेट ढिला गरी सुरु भएको हाे । यसबीच प्रस्तुत बजेटमा विभिन्न चरणमा नगरको कार्यपालिका बैठकमा विभिन्न विषयगत छलफल भएका थिए ।

आज पनि नगर सभाको बैठक अघि कार्यपालिकाको बैठक बसेको थियो । नगर प्रमुख तथा उप–प्रमुखको कोषको बारेका छलफल गर्ने क्रममा बैठक लम्बिएकोले नगरसभा निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको हो । 

आज बिहान बसेको कार्यपालिका बैठकमा नगर प्रमुख तथा उपप्रमुख कोष संयुक्त रूपमा सञ्चालन हुने गरी नगरसभामा पेस गर्ने निर्णय गरेको छ । जारी नगरसभामा पेस भएका निर्णयसहित असार १० गते प्रस्तुत विनियोजन विधेयक (बजेट) पास गरिने छ ।