श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल असार ९ गते बिहीबार, २३ जुन २०२२ । नलनाम संवत्सर, असार कृष्णपक्षको दशमी तिथि २१ः५९ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र रेवती ०६ः२९ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्याेदय ५ः०९ बजे र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुन सक्छ । कामकाजमा केही समस्या आइपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गरे राम्रै उपलब्धि मिल्नेछ। साथीभाइले पनि सहयोग गर्नेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयमा काम गर्न नसक्दा अरूले आलोचना गर्लान् । विवादमा पर्न सकिनेछ । दिन सामान्य छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा त्यति समय दिन नसकिएला। विना कारण विवादमा परिएला । सजगता अपनाउनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगनशीलताले कामकाज सफल हुनेछ । लक्ष्य प्राप्त हुनाले मन प्रफुल्ल रहनेछ । यात्रा सफल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। महŒवाकाङ्क्षी कार्य प्रारम्भ होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । व्यापारमा लगानी बढाउनुपर्ने समय छ।