विराटनगर । विराटनगर–५ बरगाछी नजिक मल्टिकेयर डेन्टल क्लिनिक सञ्चालनमा आएको छ ।
सोमबार एक कार्यक्रम आयोजना गरी उक्त क्लिनिक सञ्चालनमा आएको हो । क्लिनिकको उद्घाटन टीकामाया बस्नेतले गरिन् । अत्याधुनिक उपकरण जडान गरी गुणस्तरीय शिक्षा उपचार प्रदान गर्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याएको वरिष्ठ दन्त रोग विशेषज्ञ डा. स्वेच्छा साहले जानकारी दिइन् ।
क्लिनिकमा बालबालिकादेखि ज्येष्ठ नागरिसम्मको उपचार हुनेछ । ‘हामीले सञ्चालन गरेको क्लिनिक दाँतको स्पेशियालिटी हो’ उनले भने, ‘यहाँ आउने बिरामीलाई हामी गुणस्तरीय सेवा दिनेछौं ।’ करिब ६० लाख बढी लगानीमा सञ्चालनमा ल्याएको डेन्टल क्लिनिकमा अत्याधुनिक उपकरण जडान गरिएको ल्याव रहेको छ ।
‘दाँतको आरसिटी पहिला हातबाट गरिन्थ्यो’ डा. साहले भनिन्, ‘यस क्लिनिकमा सुविधासम्पन्न उपकरण मेसिनबाट हुनेछ ।’ क्लिनिक पूर्ण रूपमा सञ्चालनमा आएपछि १० देखि १५ जनासम्मले रोजगारी पाउने डा. साहले जानकारी दिइन् ।






























