धरान । नेकपा (एमाले) सुनसरीको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको आज घोषणा कार्यक्रम तय भएको छ । 

सुनसरीको इनरुवामा निर्वाचित कार्य समिति तथा पदाधिकारीको नाम घोषणासँगै पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम रहेको छ । आइतबार रातिसम्म सबै भूगोल तथा सदस्यहरूको मतगणना सम्पन्न भएसँगै घोषणा गरिन लागिएको हो ।

अध्यक्षसहित पदाधिकारीको मतपरिणाम केही दिनअघि नै आइसकेको थियो भने भूगोलतर्फ पनि इटहरी, धरानको परिणाम आइसकेको थियो तर वराहक्षेत्रलगायतका भूगोलको बाँकी रहेकाले आज घोषणासभा गरिन लागिएको हो ।

ओम साई पार्टी प्यालेसमा दिउँसो कार्यक्रम राखिएको छ । अध्यक्षमा रेवतीरमण भण्डारी निर्वाचित भएका थिए । तीनजना अध्यक्षमध्ये संस्थापनबाट दुईजना र स्वतन्त्रबाट एकजना गरी तीनजनाले उम्मेदवारी दिए पनि भण्डारीले बाजी मारेका थिए ।