धरान । नेकपा (एमाले) को भातृ संस्था प्रेस चौतारी नेपालको सातौं जिल्ला अधिवेशनबाट शुभद्रा प्याकुरेलको अध्यक्षमा सर्वसम्मत नयाँ कार्य समिति चयन भएको छ । 

सुनसरीको इटहरीमा सोमबार सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षद्वय विकास चाम्लिङ, र विमला राई, सचिवमा दिनेश गजमेर, सहसचिवद्वयमा केदार बस्नेत र वसन्त राई, कोषाध्यक्षमा कृष्ण वहाव चयन भए । यसैगरी सदस्यहरुमा त्रिलोचन पौडेल, अजमान अन्सारी, विकल पौडेल, सिर्जना नेपाल, सीमा नेपाल, रामकृष्ण खड्का, रुद्रराज कट्टेल, विजय राई, सन्जु राई, सरिता शर्मा, मोहम्मद वासुरिद्धिन अन्सारी, बासिक अली सिद्धिकी, डम्बर कार्की, जीवन विष्ट, सिंहबहादुर मादेन, नरेन कुलुङ, प्रकाश तिम्सिना, चयन भए । दुईजना सदस्य पछि मनोनित गरिने जनाइएको छ । 

press_choutari (1)

त्यस्तै प्रदेश प्रतिनिधिमा धिरेन लिम्बू, शिशिर राई, चन्दन रौनियार, नवराज विष्ट, लुकमान अन्सारी,र महेश गुरागाईँ चयन भए । अधिवेशनको उद्घाटन एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले गरेका थिए । कार्यक्रममा गोपाल कार्की सिर्जनशील पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी प्रदीप मेन्याङ्बो र कृष्ण बहाव भट्टराईलाई प्रदान गरियो ।

मेन्याङ्बोलाई नगद १० हजार रुपैयाँ राशि र बहावलाई नगद ५ हजार रुपैयाँ राशिको पुरस्कारसहित सम्मान पत्र प्रदान गरियो । कार्यक्रममा गोपाल कार्की सिर्जनशील पत्रकारिता पुरस्कारका संस्थापक तथा ब्लाष्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक एवम् सम्पादक किशोरकुमार कार्की, प्रेस चौतारीका उपाध्यक्ष लीलाराज भट्टराईलगायतले बोलेका थिए ।