राष्ट्रियसभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गर्नुभएको महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ ।

उक्त सभाको पुस ५ गतेको बैठकले अर्को सूचनाद्वारा मिति र  समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो ।