सुनसरीको इटहरीमा नेकपा एकिकृत समाजवादीले झलक बनको अध्यक्षतामा १ सय १ सदस्य रहेको ४ नं वडा कमिटी गठन गरेको छ ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एस भन्ने नाराका साथ संगठन विस्तार अभियानलाई अगाडी बढाएको नेकपा एसले विभिन्न वडाका कमिटी गठन गरेको हो ।

नेकपा एसका इटहरी अध्यक्ष गणेश बुढाथोकीका अनुसार जुझारु एव जागरुक संगठकहरु रहेको वडा कमिटीको अध्यक्षमा झलक बन, उपाध्यक्षमा शकुन्तला बराइली, उमेश चौहान सचिवमा शिवराज परियार उप–सचिवमा अर्जुन गिरी र दिपक कटुवाल रहेका छन ।

नवगठित वडा कमिटीका अध्यक्ष झलक बनले ४ नं वडामा नेकपा एसका १ हजार संगठित सदस्यसहित विभिन्न जनसंगठनका कमिटी निमार्ण गरि आगामी स्थानिय तहको निर्वाचनमा कमल चिन्ह् लिएका उम्मेदवारलाई जनप्रतिनिधिका रुपमा वडामा विजयी बनाउने गरि संगठन निमार्ण गरिने बताए ।

कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य केशव विष्ट, सल्लाहकार रमेश विष्ट, प्रदेश सदस्य डा दिवाकर रेग्मी, तारा पोखरेल, जिल्ला उपसचिव राजेश भण्डारी, नगर इन्चार्ज केवल फुयाल, नगर अध्यक्ष गणेश बुढाथोकीलगायतको सहभागीता रहेको थियो ।