यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाका वडा अध्यक्ष जनता समाजवादी पाटीमा प्रवेश गरेका छन् । कुम्मायक १ का वडाध्यक्ष देवेन्द्रकुमार लावती जनता समाजवादी पाटीमा प्रवेश गरेका हुन ।
गाउँपालिकामा आयोजित जनता समाजवादी पाटीको आमसभामा पाटीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले लावतीलाई पाटी प्रवेश गराएका हुन ।
२०७४ सालको स्थानीय तहको चुनावमा स्वतन्त्रतर्फको उम्मेदवारबाट वडा अध्यक्षमा लावती निर्वाचित भएका थिए । त्यस यता कुनै पनि पाटीको भूमिकामा नदेखिएका उनी पछिल्लो समयमा जसपामा खुलेका हुन ।