नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरी जिल्ला कमिटीले पौष २३ र २४ गते सातौँ जिल्ला अधिवेशन गर्ने भएको छ ।
सदरमुकाम इनरुवा नगरपालिकाको १ नम्बर वडा स्थित खेलमैदान (जेल फिल्ड) मा हुन उक्त अधिवेशनले आगामी कार्यकालकालागी नेतृत्व निर्माण, राजनैतिक एवम् संगठानिक अवस्थाको बिचार, विमर्ष र विश्लेषण गर्ने इटहरी स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कमिटीले सोको जानकारी गराएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्ने उक्त अधिवेशनमा २ हजार बढी प्रतिनिधिको सहभागी हुने अध्यक्ष खेमराज पोखरेलले बताएका छन् । उनका अनुसार अधिवेशनमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उप सचिव सहित १३५ सदस्य जिल्ला कमिटीको चयन गरिनेछ ।
कार्यक्रममा एकतिहाई महिलाको प्रतिनिधित्व हुने गरी समावेशिताको सिद्धान्त बमोजिम गर्दै दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र अल्पसङ्ख्यक जातिहरूको समेत प्रतिनिधित्व सुनिश्चित गरिने सुनसरी एमालेले अध्यक्ष पोखरेलले बताएका छन् । अधिवेशनको बन्दसत्रपनि सोही स्थानमा हुने उनले बताए ।
कार्यक्रममा सुनसरीका विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको तस्बिरका साथै कोशीटप्पुमा पाइने अर्ना समेत समावेश गरिएको सातौँ जिल्ला अधिवेशन लोगो समेत सार्वजनिक गरिएको थियो ।
