भद्रपुर । नेपाली काँङ्ग्रेसकी प्रतिनिधि सभा सदस्य महेन्द्रा कुमारी लिम्बू मार्फत झापाको कमल गाउँपालिकाको कालो सडक निर्माणको लागि २ करोड ५० लाख बराबरको बजेट बिनियोजन भएको छ । पालिकाको वार्ड न.४,५ र ६ को सितापुरी गेउरिया किस्ने दोभान हुदै गौरादह जोड्ने बाटोको लागि सो बजेट पारित भएको हो ।

बजेटका विषयमा बिहीबार नेपाली काँङ्ग्रेस कमल ४ वडामा समितिले मिल डाँडामा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीयबासी तथा सरोकारवालालाई जानकारी गराएको थियो । कार्यक्रममा सहभागी काँङ्ग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद लिम्बुले संसद बिकास कोषबाट यो पटक सो क्षेत्रमा बजेट पार्न सफल भएकोमा स्थानीय हर्षित देखिएका थिए । 

लिम्बुले बिकास र सम्वृद्धिको पर्खाइमा आम नेपाली जनता र सिङ्गो मुलुक रहेको बताउँदै आगामी दिनमा आवश्यकता र प्राथमिकताको आधारमा सबै क्षेत्रको बिकास परिवर्तनको लागि आफ्नो भूमिका महत्वपूर्ण रहने बताइन् ।

४ नम्बर वार्ड सभापति सागर राईको सभापतित्वमा भएको  कार्यक्रममा पार्टीका प्रदेश सदस्य हुकुमसिंह राई,महाधिवेशन प्रतिनिधि राजन ढुङ्गाना,पुर्व कमल सभापति खगेन भण्डारी, प्रदेश प्रतिनिधि दिपा गौतम,बद्रीराम राई,बिष्णु बेघा,वार्ड न.२ का सभापति मोहन भण्डारी, वार्ड न.५ का सभापति चन्द्रसिंह राई पत्रकार लगायतको उपस्थिती रहेको थियो ।